बिहानै पाथीभरा माताको दर्शन सहित शुक्रवारको राशिफल कस्तो छ जान्नुहोस २०७६ जेष्ठ १० शुक्रवार

हाम्रो सन्देश संवाददाता

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाईने हुँनाले काम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुँने योग रहेको छ । समस्याहरुको समाधान गरि आम्दानिका स्रोत हरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरहरुको यात्रा हुनेछ । सानो प्रयत्नले कामहरु बन्ने हुँनाले मन खुसि हुँनेछ । व्यावसायमा लगानि बढाएर भनेजस्तो नाफा कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा ध्यान जाने हुँनाले अरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथ पाईने हुँनाले काम गर्न जागर बढ्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) रुपैया पैसा तथा धन सम्पतिको राम्रो सँग व्याबस्थापन गर्नुहोला हराउँने तथा चोरिने अधिक सम्भावना रहेकोछ । व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुँदा समस्याहरु टार्न अलि गाह्रो भएको महशुष हुँनेछ । जीवनसाथिसँय असमज्दारि बढ्ने तथा बिश्वास गरेकाहरुबाटनै धोका हुँनेछ । पढाई लेखाईमा राम्रो नतिजा ल्याउँन बढिनै मेहनेतको खाचो रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आर्थिक तथा बौद्धिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । जीवनसाथि सँग लामो दुरिको रमाईलो यात्राको तय हुँनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न सकिने हुँदा आर्थिक क्षेत्र सवल हुँनेछ । अध्ययन अध्यापनमा मन जाने हुँनाले सकारात्मक नतिजा हात लाग्नेछ । बिभिन्न भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थले साथ दिनेहुँदा शाहसिलो काम गर्न सकिनेछ । व्यापार बिश्तार गरि प्रशस्त रुपैया पैसा कमाउँनेछ । नयाँ ठाउको भ्रमण गरि संगितको सुमधुर धुनमा रमाउँन सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) बौद्धिक प्रतिश्पर्धामा तपाईको नाम अग्र पंतिमा आउँनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ । पढाई लेखाईमा सोचेजस्तो प्रगति हुँनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा मन जानेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) समाजसेवामा समय व्यातित हुँनेछ भने आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ । अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको सम्बन्धमा थप बिश्वास थपिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) छोटो तथा रमाईलो भ्रमण गर्ने अवसर प्राप्त हुँनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नुका साथै नयाँ काम तथा उद्योग शुरु गर्ने समय रहेकोछ । दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने जुन सुकै कामपनि फस्टाएर जानेछ । आफुले मन पराएको मानिसलाई आफ्नै मन मुटुमा राखेर माया गर्न पाउँदा मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा मन जाने हुँनाले भनेजस्तो नतिजा हात लाग्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । कुटुम्ब तथा आफन्तहरु बिचको सम्बन्ध सौहार्दपुर्ण रहनेछ भने तपाईबाट राम्रा कामहुँने हुँनाले सम्मान प्राप्त हुँनेछ । थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । व्यापार व्यावसायमा थोरै समय दिदानि मनग्गे आम्दानि हुँनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा नाँफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ । सामाजिक क्षेत्रमा सहभागि हुने अवसर जुर्ने भएपनि सहकर्मीहरु बाटनै आलोचना खेप्नु पर्नेछ । पढाई लेखाईमा बाधा तथा अवरोधको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने घर परिवारमा एक अर्का बिच राय नमिल्ला कामहरु थाति रहनेछन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न गाह्रो महशुष हुँनेछ भने उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोकाहुने तथा घर परिवारमा आफन्त सँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आम्दानिका स्रोत पहिल्याउँन सकिनेछ भने आयस्रोतका बाटाहरु फराकिला हुँनेछन् । पैत्रिक सम्पतिको परिचालन गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लाग्ने हुँदा अध्ययनमा मन जानेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा अगाडि देख्न पाउँदा मन प्रफुल्लित हुँनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।