भाग्यले बाचेकी सितालाई रातभरी लुकाएर जोगाइन्, उनैले खोलिन घटनाको रहस्य…(भिडियो सहित)

हाम्रो सन्देश संवाददाता

पाँचथर ।

सोमबार राती पाँथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा बीभत्स दुई परिवारको ९ जनाको हत्या भयो । यो अत्यन्तै दुखद घटना थियो । पाँचथरको त्यो घटनाले मिक्लाजुङको आरूबोटे गाउँ लगायत सारा नेपाल शोकमा डुबेको छ। घटनामा भागेर ज्यान बँचाउन सफल भएकी १४ वर्षीय बालिका सिता खुजुम आक्रमणकारीले नराम्ररी कुटपिट गरे पनि विचलित नभई आफ्नो ज्यान सुरक्षित गरेकी छिन् । सिताको थप उपचार दमकमा रहेको लाइफ लाइन अस्पतालमा भइरहेको छ ।

भाग्ने क्रममा लडेर हातमा चोट लागेकाले उनको हातमा चारवटा टाँका लगाइएको छ । सामान्य अवस्थामा रहेकी सीताले भनिन्, ‘हामी चार जना एकै ठाउँमा सुतिरहेका थियौँ । रातिको करिब १ बजेको थियो होला । एक जना मुखमा गलबन्दी बाँधेको मानिस कोठामा पस्यो । आएर त्यसले हामीलाई कुट्न थाल्यो । त्यसपछि म भागेँ ।’ आफू भागेपछि त्यहाँ के भएको हो आफूलाई थाहा नभएको उनले बताइन् । सीताले घरमा आएर कुटपिट गर्ने मानिसले ढोका बन्द गरेर कुटपिट गरेको बताइन् । उनले बाहिर हजुरबा सुतेको आफूलाई थाहा भएको बताउँदै भनिन्, ‘त्यो मान्छेसँग हातमा टर्च लाइट पनि थियो ।ढोका बन्द गरेर कुटपिट गरेपछि हल्ला पनि भयो ।’ त्यो बेलामा हातमा अरू केही नदेखेको र आफू भागेर गएपछि अरू के भयो थाहा नभएको उनको भनाइ छ ।

वंश नै नाश हुने गरी भएको सो हत्यामा सीताले आफ्ना हजुरबा, हजुरआमा, दिदी र अन्य आफन्तलाई गुमाउन पुगिन् तर उनलाई भने भाग्यले बचायो ।उनको हात काटिएको थियो । राती उनी भाग्ने क्रममा घर नजिक बजुको घरमा पुगिन् सिताले बजु बुजु भन्दै बोलाइन्, बजु निदाएको अबस्थामा बिउझिएर ढोका खोलेपछी उनी भित्र पसेको अनी पानी मागेको उनकी बजुले बताइन् । जस्ले बालिकालाइ रातभरी लुकाएर जोगाइ,

बाकीँ भिडियोमा हेर्नुहोस्ः

पाँचथर हत्याकाण्डमा दिवंगत सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली

मंगलबार काठमाडौंबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को विशेष टोली आइपुगेपछि शव उठाउने कार्य सुरु भएको हो । अब पोस्टमार्टम : शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी गरिएको जनाइएको छ । अहिले मिक्लाजुङ–७, लुमाङ्दिनमा झुन्डिएको अवस्थामा भेटिएका ३१ वर्षीय मानबहादुर माखिमको शव ल्याएर मिक्लाजुङ गाउँपालिकाको केन्द्र रविमा राखिएको छ । आरुबोटे हत्याकान्डका ९ ओटा शव पनि रविमा ल्याइँदैछ ।

ती शव पोस्टमार्टमका लागि धरान लैजाने तयारी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले बताए । घटनास्थलमा पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीसहित अरु प्रहरीको टोली पनि पुगेको थियो । दुई परिवारका ९ जनाको हत्या : मिक्लाजुङ–३, आरुबोटेमा सोमबार राति ९ जनाको हत्या गरिएको थियो । मिक्लाजुङ ३, आरुबोटेको वडा कार्यालयछेउमा सो घटना भएको हो । स्थानीय धनराज सेर्माको पाँचजनाको परिवार र बमकुमार फियाकको परिवारका चारजनाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।

धनराज र बमकुमार ज्वाइँ–ससुरा हुन् । उनीहरुको घर नजिकै रहेको छ । धनराजको परिवारका पाँचजनाको शव घरभित्रै र बमबहादुरको परिवारका चारजनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतकहरुको नामावली : ४१ वर्षीय धनराज सेर्मा, ६ वर्षीया इक्सा सेर्मा, १३ वर्षीया योवना सेर्मा, ८ वर्षीया मुना सेर्मा १२ वर्षीया आशिका खजुम लिम्बू ७४ वर्षीय बमबहादुर फियाक, ३६ वर्षीया जस्मिता फियाक र ३५ वर्षीया मनकुमारी फियाक

भागेर बाँच्न सफल : १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी घाइते छिन् । झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उनको उपचार सुरु गरिएको जनाइएको छ । घाइते सीताले मुकुन्डो लगाएर आएको व्यक्तिले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको बताएको प्रहरीले जनाएको छ । कान्छा ज्वाइँको संलग्नता आशंका : ९ जनाको विभत्स हत्यामा मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । झुन्डिएको अवस्थामा मृत भेटिएका माखिम हत्या गरिएका बमकुमारका कान्छा ज्वाइँ र धनराजका साढुभाइ हुन् । माखिमको शव घटनास्थलबाट दुई घन्टाको पैदल दूरीमा रहेको मिक्लाजुङ–७, लिम्बा लुमाङ्दिनमा एक रुखमा झुन्डिएको अवस्थामा मंगलबार फेलापरेको थियो । उनको घर लुमाङ्दिनमा नै हो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।