मोडल खुश्वु ओलीलाई तीन महिना कैद

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,७ ज्येष्ठ ।

मोडल खुश्वु ओलीलाई तीन महिना कैद सजाय हुने भएको छ । चेक बाउन्स मुद्दामा दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले खुश्वुलाई ३ महिना कैद र रू ३ हजार जरिवानाको सुनाएको छ । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले सजाय सुनाएको हो ।

के को पूरा घटना ?
२ वर्षअघि सप्तरीको राजविराजका ४३ वर्षीय गोपाल कटुवाल संग घरजग्गा किन्न लागेको र त्यसका लागि रकम अपुग भएको भन्दै सापट मागिन् । कटुवालले ओलीलाई ३६ लाख रुपैयाँ दिए । कटुवालले आफूले दिएको सापट रकम मागेपछि ओलीले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिइन् ।

खुस्बु ओली नाममा रहेको खाता नम्बर ०५०९५२४१६१२२६०१५ को चेक नम्बर ०००५४६२५८३१६०१ मार्फत उनले ३६ लाख रुपैयाँको चेक काटेकी थिइन् । चेक २०१७ जनवरी ३ तारिखमा काटकी थिइन् । त्यसको दुई दिनपछि कटुवाल चेक साट्न कुमारी बैंक पुगेका थिए । तर, बैंकले रकम नभएको भन्दै उनलाई फर्काइदियो । पटकपटक फोन गरेर पैसा जम्मा गर्न भन्दा पनि ओलीले बेवास्था गरेकी थिइन । कटुवाल २०१७ जनवरी १९ तारिखमा पुन चेक साट्न बैंक पुग । बैंकले जवाफ फर्कायो, ‘खातामा पर्याप्त रकम छैन ।’ तेस्रो पटक पनि कटुवाल रकम निकाल्ने झिनो आशा बोकेर कुमारी बैंक पुगे । तर, उनी रित्तो हात फर्कनुर्पयो ।

तीन पटकसम्म पनि खातामा पर्याप्त रकम नभएपछि चेक बाउन्स भयो । आफ्नो ३६ लाख नपाएपछि गत वर्ष साउनमा कटुवालले काठमाडौं जिल्ला अदालतमा चेक अनादार मुद्दा दायर गरे । विनिमय अधिकारपत्र ऐन २०३४ को दफा ५३ बमोजिक कटुवालले मुद्दा दायर गरेका थिए ।

खुश्वुका बारेमा
सन् २००० मा काठमाडौं जेसिसले गरेको प्रतियोगितामा ‘लिटिल लेडी’को च्याम्पियन भएकी खुस्बुले सन् २००६ मा मिस टिनको ताज पहिरिन् । गुण्डा नाइके दिनेश अधिकारी चरीसंगको प्रेम सम्बन्धका कारण चर्चामा रहेकी उनी समाजसेवा पनि गर्दै आइरहेकी थिइन् । उनले चेक बाउन्स प्रकरणबारे आफुलाइ जानकारी नभएको र आफुलाइ फसाउन प्रपञ्च रचिएको बताउँदै महानगरीय प्रहरी परिसरमा जानकारी गराएको बताइन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।