पूर्व एआईजी र डीआईजीको घर लुटपाट गर्ने खुंखार डाँका’ विष्णुमाथि प्रहरीद्धारा गोली प्रहार

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,६ ज्येष्ठ ।

प्रहरीले मोस्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङलाई पक्राउ गरेको छ । ‘खुंखार डाँका’ को उपमा समेत पाएका उनलाई आज सोमबार विहान काठमाडौंको टोखाबाट गोली हानेर पक्राउ गरिएको हो ।

टोखामा रहेको सूचना पाएपछि विहान ८ बजे पक्रन गएको प्रहरी टोलीमाथि हतियार देखाएर आक्रमण गर्न खोजेपछि गोली हान्नु परेको प्रहरीले जनाएको छ । दायाँ खुट्टामा गोली लागेर घाइते भएका तामाङको वीर अस्पतालमा भइरहेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार ६ वटा अपराधका घटनालाई लिएर उनको खोजी भइरहेको थियो ।

पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डीआईजी विश्वराजसिंह शाहीको घरमा समेत लुटपाट गरेको अभियोगमा ६ वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएका थिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।