धादिङ केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,३ ज्येष्ठ ।

धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

शुक्रबार दिउँसो २ बजेर ८ मिनेटमा धादिङको कुम्पुर आसापास केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का छिमेकी जिल्लाहरु मकवानपुर, गोरखा, नुवाकोट देखि काठमाडौं उपत्यकामा पनि महशुस भएको छ।

केन्द्रले २०७२ वैशाख १२ को परकम्पको रूपमा आजको भूकम्प गएको जनाएको छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...