पोखरा चट्याङले पर्दा पक्की घरको हालत यस्तो , भाग्यवश मानवीय क्षति भने हुन पाएन !

हाम्रो सन्देश संवाददाता

काठमाडौं,३ जेठ ।

पोखरामा आइतबार अपरान्हपछि गड्याङगुडुङ र हावाहुरीसँगै वर्षा भयो । आधा दर्जन बढी पटक डरलाग्दो चट्याङ समेत चड्कियो ।साढे ५ बजेतिर परेको चट्याङले पोखराको नागढुंगा स्थित एक पक्की घरमा क्षति पुगेको छ ।घरमै चट्याङले हान्दा तलाको ढलानमै ठूल्ठूला प्वाल परेको छ । भाग्यवश मानवीय क्षति भने हुन पाएन । यस विषयमा घर धनी बोल्न चाहेनन् । कास्की प्रहरीले यस विषयमा कुनै जानकारी नआएको प्रतिक्रिया दियो ।प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसँगै आगोको मुस्लो घरतिर आएको थियो ।

शहर बीचमै यसरी चट्याङले हान्दा स्थानीय चिन्तित छन् । घर निर्माणका क्रममा एन्टीलाइटिङ अर्थिङ प्रभावकारी ढंगले गर्नुपर्ने सुझाव विज्ञहरुको छ ।पश्चिमी वायुको प्रभावका कारण मेघगर्जन र हावाहुरीसहित पानी परेको हो । आज बिहानै देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...