नेपाल बाम आन्दोलनका धरोहरका सम्झनामा आज २६ औं मदन आश्रित स्मृति दिवस मनाइँदै

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,३ ज्येष्ठ ।

नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २६ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाईदैछ । भण्डारी र आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष जेठ तीन गते एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले यो वर्ष सो दिवस मनाउन थालेको हो ।

नेपाल बाम आन्दोलनका धरोहरका रुपमा लिइने भण्डारीको राजनीतिक योगदान महत्वपूर्ण रहेको छ । आज नेपाल कम्युनिष्ट पार्टी र उसका भातृसंगठनहरुले देशभर विभिन्न कार्यक्रम गर्ने तयारी गरेका छन् । गत वर्ष आजैका दिन एमाले र माओवादी केन्द्रको एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो ।

दिवसका अवसरमा शुक्रबार तत्कालीन एमालेको पुरानो पार्टी मुख्यालय मदननगर बल्खुमा माल्र्यापण कार्यक्रमको आयोजना गर्दै छ । स्वर्गीय भण्डारीको प्रतिमासँगै आश्रितको तस्बिरमा पनि माल्यार्पणको कार्यक्रम राखिएको छ ।

सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेकपाका अन्य नेता पनि सहभागी हुने तयारी छ । मदन आश्रितको घटनाको छानबिन नभएको भन्दै तत्कालीन एमालेभित्र आलोचना हुने गरेको थियो ।

विक्रम संवत् २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन आश्रितको निधन भएको थियो । रहस्यमय मानिने दुर्घटनाबारे अहिलेसम्म भएका छानविनले कुनै तथ्य निकाल्न सकेका छैनन् ।

दुर्घटनाका साक्षी एवं जीप चालक अमर लामाको समेत हत्या भएपछि दुर्घटना अझै रहस्यमय बन्न पुगेको छ । कम्युनिष्टहरु नागरिकबाट चुनिएर सत्तामा पुग्नुपर्छ भन्ने मान्यताका पक्षपाती मण्डारीले जनताको बहुदलीय जनवादको विकास गर्नुभएको थियो ।यो समाचार आजको नेपाल समाचारमा छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...