यिनै हुन् आफ्नै श्रीमती माथि एसिड् प्रहार गर्ने श्रीमान्…

हाम्रो सन्देश संवाददाता

काठमाडौं,३ जेठ ।

काठमाण्डौको कालोपुलमा बुधवार बेलुका एक युवती माथि एसिड् प्रहार भएको छ । पीडित युवती माथि एसिड् प्रहार गर्ने अरू कोही नभई आफ्नै श्रीमान् रहेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोख्रेलले जानकारी दिनुभयो । पीडित युवतीको नाम जेनी खड्का बताइएको छ ।  राजधानीको कालो पुल नजिकै डेरा गरी बस्ने दोलखाकी २० वर्षीय जेनी खड्का माथि २८ वर्षीय श्रीमान् विष्णु भुजेलले एसिड प्रहार गरेका हुन् ।भुजेलले पीडित युवतीसँग एक वर्षअघि भागेर विवाह गरेका थिए। पछिल्लो समय सम्बन्ध खराब भएसँगै युवतीले उनलाई छोडेपछि विवाद चुलिएको थियो। एसिड प्रहारबाट ती युवतीको अनुहार र शरिरको केही भाग जलेको छ । अहिले ती युवतीको उपचारका लागि अस्पताल छिन । एसिड प्रहार गर्ने भुजेललाई प्रहरीले पक्राउ गरि अनुसन्धान शुरु गरेको छ । भुजेललाई काडाघारिको सनसिटी अपार्टमेन्ट नजिकबाट पक्राउ गरिएको डीआईजी पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसारयुवतीको अवस्था गम्भीर छ । यस घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...