प्रहरीलाई घुस दिने यौनकर्मी पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२ जेठ ।

रेष्टुरेन्ट चेकजाँच नगर्न भन्दै प्रहरीलाई १८ हजार घुस, २८ यौनकर्मी पक्राउ राजधानीको गोंगबु एसियाबाट प्रहरीले २८ जना यौनकर्मीलाई पक्राउ गरेको छ । अनैतिक क्रियाकलाप सञ्चालन हुने गरेको भन्ने स्थानीयहरुबाट गुनासो आएपछि प्रहरीले उक्त एरियामा रहेका खाजा घर तथा रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरेको हो ।प्रहरीले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरेको विशेष कर्डन एण्ड सर्च अप्रेशनको क्रममा पुजा रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । बिजि मल नजिक सञ्चालनमा रहेको पुजा रेष्टुरेन्टमा अनैतिक क्रियाकलाप हुने गरेको भन्ने सूचनाको आधारमा सो रेष्टुरेन्टमा छापा मारिएको प्रवक्ता बोगटीले बताए ।

सो रेष्टुरेन्टका सञ्चालक बर्ष ३० को सौगात क्षेत्रीलाई प्रहरीले सोधपुछ गर्ने क्रममा क्षत्रीले प्रहरीलाई रेष्टुरेन्ट चेकजाँच नगर्न भन्दै १८ हजार नगद घुस समेत दिएको प्रवक्ता बोगटीले जानकारी दिए । क्षेत्रीसहित २८ जनालाई नै नियन्त्रणमा लिई थप सोधपुछ तथा अनुसन्धान गर्ने कार्य भईरहेको उनले बताए ।कालोपुलमा श्रीमतीलाई एसिड छ्यापेको आरोपमा पक्राउ परेका विष्णु भुजेलले श्रीमती आफूसँगै बस्न नमानेपछि एसिड हानेको बताएका छन् उनले प्रहरीसमक्ष दिएको बयानअनुसार श्रीमतीको अरूसँग सम्बन्ध रहेको शंकामा एसिड प्रहार गरेका हुन् ।उनले बुधबार राती श्रीमतीमाथि एसिड प्रहार गरेका थिउ । काभ्रे, धुलिखेलका भुजेललाई प्रहरीले काँडाघारीबाट पक्राउ गरेको हो ।मोटरसाइकल ग्यारेजमा काम गर्ने भुजेल र जेनी खड्काको छ वर्षअघि बिहे भएको थियो ।उनीहरू दुई वर्षदेखि छुट्टाछुट्टै बस्दै आएका थिए । दुई वर्षदेखि खड्काले छोरा पनि आफूसँगै हुर्काइरहेकी थिइन् ।उनको टाउको र हात जलेको छ । उनको ओम अस्पतालमा उपचार भइरहेकोमा त्यहाँबाट कीर्तिपुर अस्पताल रेफर गरेर पठाइएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...