दश हजार धरौटीमा छुटे : रिनाको ब्वाईफेण्ड भनिएका कमल नेपाल

हाम्रो सन्देश संवाददाता

पथरी २, जेठ ।

पथरीकी रिना बस्नेतको मृत्यु प्रकरणमा पक्राउ परेका कमल नेपाल बुधबार दिउसो रिहा भएका छन । नग्न अवस्थामा आफ्नै कोठा अगाडी मृत भेटिएकी रिनाको तीन तलाबाट लडेरै भएको प्रहरीले अन्तिम निश्कर्ष निकाले पछि नेपाल १० हजार धरौटीमा रिहा भएका हुन । घट्नाको सुरु देखि रिना हत्या नभई लडेर मृत्यु भएको बताउँदै आएको प्रहरीले रिनाको ब्वाईफेण्ड भनिएका नेपाललाई पक्राउ गरी सार्वजनिक मुद्धामा म्याद थपेर अनुसन्धान गर्दै आएको थियो । कमलले रिना मृत्युमा कुनै संलग्न नभएको कारण उनी छुटेका हुन ।

यसअघि अनुसन्धानमा खटिएका एक प्रहरीले भने कमल नेपालको रिनाको मृत्यु सँगै कुनै तालमेल नमिलेको कारण छुट्ने बताएका थिए । पोष्टमार्टम रिपोर्टले पनि रिनाको हत्या नभई लडेर नै भएको बताए सँगै प्रहरीले अनुसन्धानको लागि मात्र कमल नेपाललाई पक्राउ गरेको जनाएको थियो ।

नेपाललाई अभद्र ब्यवहार मुलुकी फौजदारी अपराधान संद्यिता २०७४ को दफा ११८ मा मुद्धा दायर भएको थियो । सो मुद्धामा बुधबार दिउसो जिल्ला अदालत मोरङको आदेशमा १० हजार धरौटी बुझाएपछी उनी रिहा भएका हुन ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...