रेड लाइट एरिया तोकिनुपर्छ, यौन व्यवसायी गर्न पाउनुपर्छ – सावित्री सुवेदी

हाम्रो सन्देश संवाददाता

काठमाडौं,२ जेठ ।

चर्चित अभियन्ता सावित्री सुवेदीले नेपालमा यौन व्यवसायलाई वैधानिकता दिनुपर्ने बताएकि छन् ।

महिला अधिकारको क्षेत्रमा कार्यरत सुवेदीले रेडलाइट एरियालाई वैधानिकता दिँदा बलात्कारका घटनामा केहि कमि आउँने बताइन् । केहि समय अघि माइतिघरमा कालो पेटिकोट लगाएर चर्चामा आएकि सुवेदिले रेड लाइट एरिया तोकिनुपर्ने बताइन् ।

बलात्कारी र अपराधी राजनीतिको संरक्षणमा रहेको उनको आरोप छ । राजधानी लगायतका ठाँउमा रहेको अवैधानिक यौनधन्दालाई व्यवस्थित पारिनुपर्ने उनको तर्क छ । समयआएपछि आफूले रेडलाइट एरियाका पक्षमा अभियान चलाउने उनले बताईन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।