मध्यरातमा प्रहरी होटलकाे १०२ नम्बर काेठामा पुगेपछि…

हाम्रो सन्देश संवाददाता

नवलपुर,२ जेठ ।

पूर्वी नवलपरासी (नवलपुर) प्रहरीले मध्यरातमा होटलबाट ७ जनालाई पक्राउ गरेको छ । मध्यबिन्दु २ नन्दपुरमा रहेको रिमझिम होटलबाट २ जना महिला ,४ जना पुरुष र होटल सञ्चालक गरी सात जनालाई पक्राउ गरेको हो ।

राति १२ बजेको समयमा प्रहरी चौकी कोल्हुवा र जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले मध्यबिन्दु नगरपालीका २ मा रहेको उक्त्त रिमझिम होटलबाट यौन क्रियाकलाप गरिरहेको अवस्थामा पक्राउ गरेको दाबी गरेको छ । प्रहरीले गोप्य सूचनाको आधारमा राति १२ बजे छापा मारी होटल संचालकसहित ३ जना महिला र ४ जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।

हाेटलकाे १०२ नम्बर काेठा प्रहरी पुग्दा आपत्तिजनक अवस्थामा भेटाएकाे र उनीहरूलाइ पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय काेल्हुवाले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।